टियु मैदानमा अनलाइन लाइभ सट्टेबाजी गरिरहेका ४४ जना पक्राउ

काठमाडौँ । नेपाल र यूएईबीचको जारी एकदिवसीय खेलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट ४४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता कमल थापाका अनुसार प्राप्त सूचनाका आधारमा नेपाल र यूएईबीचको पहिलो खेलबाटै उनीहरुमाथि निगरानीमा राखेको थियो । उनीहरुले टियु मैदानमै लाइभ बेटिंग गरिरहेको पाइएको थियो ।

हाल पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र निर्दोष देखिएकालाई छाडिने प्रवक्ता थापाले खरीबोटलाई बताए । कीर्तिपुरमा नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको अन्तिम खेल अहिले जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *