जावलाखेलको शंकास्पद वस्तु ‘निर्वाचन अवज्ञा गरौँ’ लेखिएको प्रेसरकुकर !
२०७९ मंसिर २ गते

फाइल फाेटाे
काठमाडौँ । ललितपुरको जावलाखेलमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रेसरकुकरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको हो ।
सो वस्तु (प्रेसरकुकर)मा ‘निर्वाचन अवज्ञा गरौँ’ भनेर लेखिएको पर्चा भेटिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेर ५० मिनेटमा नक्कली बम नेपाल सेनाले डिस्पोज गरेको छ ।
यो पनि : जावलाखेलमा शंकास्पद वस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली पुग्दै
निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा सतर्कता बढाइएको बेला संकास्पद वस्तु फेला परेको हो । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपासहित केही दलहरूले निर्वाचन बिथोल्ने चेतावनी दिएका छन् । बुधबारमात्र बाँकेको नेपालगन्जमा बम बनाइरहेका बेला विस्फोट हुँदा दुई विप्लव कार्यकर्ता घाइते भएका थिए ।
२०७९ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








