लोकतन्त्र र संविधान जोगाउन पाँच दलीय गठबन्धन : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउनका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने बताए । जिल्लाको सबै क्षेत्रमा आफ्नै सक्रियतामा सडक र बिजुली पु¥आएको पौडेलको भनाइ थियो ।

पौडेलले भने, “मलाई विजयी गराउनुहोस्, जिल्लाको विकासले काँचुली फेर्ने गरी काम गरेर देखाउँछु ।”  कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार तनहुँ –१ (१) बाट प्रदेशसभा सदस्यका  उम्मेदवार अशोककुमार श्रेष्ठले विकास प्रेमी, त्याग, निष्ठा, आदर्शवाद वरिष्ठ नेता पौडेललाई देशको भविष्य र देशको नेतृत्व गर्न सक्ने नेता भएकाले विजयी गराउन आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =