सुर्खेतमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ जिल्लाको अवस्था

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कर्णाली लगायत देशैभरको ध्यान केन्द्रित भएको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा मुख्य प्रतिस्पर्धामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवार रहेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेको नेकपा मओवादी केन्द्र भने यसपटक नेपाली काँगे्रससँग गठबन्धन गरि निर्वाचनमा होमिएकोले पनि देशैभरको मत परिणाम २०७४ अनुकुल नहुने देखिन्छ । यदपि नेकपा एमालेले भने उत्त विरासत जोगाउन रस्साकस्सी गरिरहेको छ ।

उम्मेदवारहरुलाई चुनावी प्रचारप्रसार गर्ने समय पनि आज राति १२ बजेबाट सकिदैछ यसर्थमा उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्न अनेक संघर्ष गरिरहेको देखिन्छ । गत बैसाखमा भएको स्थानिय तहको निर्वाचनलाई आधार मान्ने हो भने सुर्खेतमा सत्ता गठबन्धन नै अगाडि देखिन्छ । हुन त यो चुनावमा उम्मेदवारहरुलाई सहजै जित निकाल्न त्यति सहज भने छैन । पुराना दलहरुप्रति बढ्दै भएको बितृष्णा, युवाहरुप्रतिको आकर्षण लगायतका कारण पनि निर्वाचनमा यस्तै परिणाम आउँछ भन्न सक्ने अवस्था छैन । यदपि निर्णायक मत भने पछिल्लो समय थपिएका नयाँ मतदाताको मत ट्रन्सफर मत नै निर्णायक हुुने देखिन्छ ।

सुर्खेत क्षेत्र नं. १ मा यस्तो र चुनावी प्रतिस्पर्धा
सुर्खेत क्षेत्र नं.१ मा अहिले धेरैको चासो छ । कारण यहाँका कागे्रसका उपसभापती पूर्ण बहादुर खड्का र एमालेका नेता ध्रुब कुमार शाही बीच हेभिवेट प्रतिस्पर्धा हुने देखिन्छ । यसो त खड्का २०७४ सालको हारको बदला लिन दाउमा पनि छन् । एमाले नेता शाही भने विजयी यात्रालाई निरन्तरता दिन चाहान्छन् । खड्काको ०४८ सालदेखिको अपराजित यात्रालाई ०७४ को निर्वाचनमा शाहीले माओवादीसँगको गठबन्धनको आडमा झण्डै ३ हजार मतान्तरले पूर्णबिराम लगाएका थिए । यसपटक भने परिस्थती एमालेको विपरित भएकोले शहीलाई आफ्नो विजयी यात्रामा निरन्तरता दिन भने सहज छैन । स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा पाएको मतलाई आधा मान्ने हो भने सत्ता गठबन्धन अगाडि देखिन्छ । यदपि स्थानिय निर्वाचनको मतलाई नै आधार मान्न सकिने अवस्था भने छैन ।

सुर्खेत क्षेत्र नं.२ मा यस्तो छ, चुनावी प्रतिस्पर्धा
सुर्खेतको क्षेत्र नं. २ मा पनि मुख्य प्रतिस्पर्धामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवार रहेका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनबाट पूर्व सहकारी मन्त्रि समेत रहेका काँगे्रसका हृदयराम थानी र नेकपा एमालेका अमृत बिसी चुनावी प्रतिस्पर्धामा छन् । ०७४ सालको निर्वाचनमन एमालेका नेता नवराज रावतसंग पराजित भएका थानीलाई यसपटक बिसीले चुनौती दिनेछन् । यस क्षेत्रमा स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धन नै अगाडि देखिन्छ । यदपि यसलाई आधार मानेर आकलन गरिहाल्न सकिने अवस्था भने छैन । पार्टी भित्र टिकट वितरणमा आन्तरीक सन्तुलन मिलाउन नसक्दा नेपाली काँगे्रसले गठबन्धन हुदा पनि केही क्षेत्र गुमाउन पुगेको थियो । यसपटकको टिकट वितरणमा केही सन्तुलन भएकोले यस्तो अवस्था आउने सम्भावना कम छ । यता नेकपा एमालेका उम्मेदवार भने पार्टीको मत कायम राखी नयाँ मतदाताको मत ल्याउने र ट्रन्सफर हुने मतको आफुले पाउने दाउमा छन् ।

चुनाव प्रचारप्रसारको अन्ति घडि आईसकेकोले यहाँको निर्वाचन परिणाम के हुन्छ ? सहजे आकलन गर्न सक्ने अवस्था नरहेपनि धेरैजसो उम्मेदवार पुरानै भएकाले नयाँ अनुहार खोजेको पुस्ताले गर्ने निर्णय नै अन्तिम हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *