आज राती १२ बजेपछि मौन अवधि सुरू, नियम उल्लंघन गर्नेलाई २५ हजार जरिवाना

काठमाडौँ । आज राती १२ बजेपछि निर्वाचनकाे माैन अविधि सुरू हुँदै छ । निर्वाचन आयोगले मौन अवधिका नियम तथा आचरसंहिता कडाइका साथ पालन गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले जानकारी दिए ।

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अर्थात् २ दिन अघिको समयलाई मौन अवधि तोकेको छ। यो अवधिमा आचारसंहिता पालन गर्न आयोगले सबैलाई आग्रह गरेको छ ।

के के गर्नु हुँदैन मौन अवधिमा ?

यो समयमा पालना गर्नुपर्ने नियमबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन।’

यो नियम उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

आयोगमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगका प्रमुख आयुक्त थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई सभ्यरुपमा सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट आआफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =