राप्रपालाई भोट दिन अपिल गर्दै मुम्बई फर्किइन् मनीषा

काठमाडौँ । अभिनेत्री मनीषा कोइराला आज मुम्बई फर्किँदैछिन् । मुम्बई फर्किनुअघि अभिनेत्री कोइरालाले सामाजिक सञ्जालमा एउटा राजनीतिक सन्देशसहितको पोस्ट गरेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको तस्बिरसहितको उक्त पोस्टमा अभिनेत्री कोइरालाले नेपालमा रहँदा आफ्ना महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरेको उल्लेख गरेकी हुन् । ‘म मुम्बई फर्किँदै छु, अभिनेत्री कोइरालाले लेखेकी छिन्– ‘यो क्रममा राजेन्द्र लिङ्देनजीसँग राप्रपाका लागि, राष्ट्रका लागि तथा सामञ्जस्यपूर्ण राजनीतिका लागि काम गरेकी छु ।’

उनले राप्रपालाई भोग माग्दै देश पृथ्वीनारायण शाहले कल्पना गरे झैँ वास्तवमै साझा फूलबारी बन्न सकोस् भन्ने कामना समेत गरेकी छिन् । ‘म सम्पूर्णमा राप्रपाका उम्मेदवारहरूलाई समर्थन तथा मतदान गर्न आग्रह गर्दछु,’ कोइरालाले अगाडि भनेकी छिन्, ‘ताकि हाम्रो देश वास्तवमै पृथ्वीनारायण शाहले कल्पना गरे झैँ वास्तवमै साझा फूलबारी बन्न सकोस् ।’

नेपालमा रहँदा कोइरालाले राप्रपाले काठमाडौँ, झापा लगायतका स्थानमा आयोजना गरेको आमसभामा सहभागी भएर यही पार्टीका लागि मत मागेकी थिइन् भने काठमाडौँमा उनी राप्रपाका नेताहरूसँग घरदैलो कार्यक्रममा समेत हिँडेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =