अछाम १ : कुँवर र बोहराबीच कडा टक्कर, भीम रावलले कसलाई सघाउलान् ?

काठमाडौँ । कुनै समय थियो, अछाम भन्नेबितिक्कै भीम रावलको नाम आउँथ्यो । यस्तो छाप पनि परेको थियो– अछाम १ मा भीम रावललाई कसैले जित्न सक्दैनन् । विगतका निर्वाचनमा उनको जित पहिले नै सुनिश्चितजस्तो हुन्थ्यो । तर अहिले भीम रावल अछाम १ मा उमेदवार नै बन्न पाएनन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले टिकट नै थमाइदिएनन् ।

नेता भीम रावलले लड्दै आएको निर्वाचन क्षेत्रमा अहिले एमालेबाट झपटबहादुर बोहरा उठेका छन् । उनीसँग लड्न सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका नेता श्रममन्त्री शेरबहादुर कुँवर चुनावी मैदानमा छन् । बोहरा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेता हुन् । कुँवर एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका नेता हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलको नाम अछामबाट एकल रुपमा सिफारिस भए पनि बोहरालाई उमेदवारको टिकट थमाए । एमालेबाट बोहराले टिकट पाएपछि अछाममा मात्र होइन, सुदूरपश्चिममा नै हलचल भयो । यो बीचमा अध्यक्ष ओली दुई पटक सुदूरपश्चिम पुगे । सुदूरपश्चिमका एक चुनावी सभामा ओलीलाई एक जना कार्यकर्ताले प्रश्न गरे भीम रावलको अवस्था के हो रु अध्यक्ष ओलीले मञ्चबाटै जवाफ दिए, ‘कति भीम रावलमात्र भन्नुहुन्छ, भीम रावल बूढो हुनुभयो अब, सुदूरपश्चिममा अरु रावलहरु छैनन्, अरु थुप्रै रावलहरुलाई अगाडि बढाइन्छ ’ भीम रावलबेगर नै यसपटक अछाम क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । श्रममन्त्री कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच कडा टक्कर हुने देखिएको छ ।

कुँवर गठबन्धन दल नेकपा एकीकृत समाजवादी बाट र बोहरा नेकपा ९एमाले० बाट उम्मेदवार बन्दै गर्दा यसको चर्चा चुलिएको छ । भीम रावलले टिकट नपाएको क्षेत्र भनेर पनि यस क्षेत्रलाई चिनिन थालेको छ ।

पटकपटक अछाम १ बाट जित्दै आएका भीम रावलको समूहले अहिले अछाम १ मा कसलाई सहयोग गर्ला रु केही कुरा बाहिर आइसकेको छैन, यो विषयले अहिले चर्चा पाइरहेको छ ।
हुन त भीम रावलले नेकपा एमाले छोडेका छैनन्, तर अध्यक्ष ओलीको कटु आलोचक बनिरहेका छन् । नेता रावल न त एमालेका बोहरालाई सघाउँछु भनेका छन्, न त कुँवरलाई रु यस विषयमा उनले मुख खोलिसकेका छैनन् । दुबै उमेदवार रावलको भर परेका छन् । टिकट नपाउँदा आफूलाई सहयोग नगर्ने हुन् कि भन्ने डर एमाले उमेदवार बोहरालाई भइरहेको छ । अर्का कुँवर रावलको भर परिरहेका छन् ।

विगतको निर्वाचनलाई फर्केर हेरौँ
एमाले नेता भीम रावल समानुपातिक बसेपछि शेरबहादुर कुँवर २०६४ को संविधानसभा सदस्यमा विजयी भएका थिए । २०७४ को निर्वाचनपछि कुँवर एमालेबाटै राष्ट्रियसभा सदस्य भएका थिए । कँवर २०७४ को निर्वाचनमा अछाम–१ ९ख० प्रदेशबाट सुदूरपश्चिम प्रदेशसभा हुँदै आर्थिक मामिला तथा योजना मन्त्री पनि भए । बोहरा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुन् । कुँवर समाजवादीका केन्द्रीय सदस्य हुन्।

अछाम १ मा एक नगरपालिकासहित चार गाउँपालिका छन् । उक्त क्षेत्रमा ७९ हजार ३६ मतदाता रहेका छन् । यसपटकको स्थानीय तहको चुनावमा अछाम–१ का पाँच वटा स्थानीय तहमा चार स्थानीय तहमा काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व रहेको छ । नेकपा ९एमाले० ले एक उपाध्यक्षमात्र जितेको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उमेदवारसमेत उठेका छन् । कांग्रेसका युवा नेता राजन कुँवरले अछाम १ मा ‘बागी’ उम्मेदवारी दिएका छन्।
अछाम १ म स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत गन्दा कांग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादी केन्द्रको ६ हजार ७९० र एकीकृत समाजवादीको २ हजार ७५२ मत छ।

एमाले एक नेताका अनुसार कांग्रेसका बागी उमेदवारका कारण नेता बोहराले जित्ने सम्भावना बढेको छ । कांग्रेसको मत राजनले काट्छन् र बोहरालाई जित्न झन सजिलो हुने आंकलन एमालेले गरिरहेको छ ।ती नेताले भीम रावल समूहका मतदाताको मत एमालेका उमेदवार बोहरालाई आउने दावी गर्छन् । यता, अछाम कांग्रेसका एक नेताले भीम रावल पक्षको मत कांग्रेसमा आउने दावी गरेका छन् । बागी उमेदवारलाई नेपाली कांग्रेसको मत नजाने उनको दावी छ ।

केही तटस्थ मतदाताहरुले भीम रावलको समूह ठूलो रहेको बताउँछन् । उनीहरुले यो क्षेत्रमा नेता रावलको सहयोग पाउने उम्मेदवारले जित्ने सक्ने बताउँछन्, तर रावल चुइक्क बोलेका छैनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *