नेपालको शासकीय स्वरुप सबैको सल्लाहमा परिवर्तन हुनसक्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासकीय स्वरुप परिवर्तन गर्ने कुरा सामान्य भएको बताएका छन् । नेपालको प्रणाली कुनैपनि दलले बहुमत नल्याउने खालको र अस्थिरता भईरहने खालको देखिएको ओलीको भनाई छ । विराटनगर बिमानस्थलमा आज दिउँसो पत्रकारसँग कुरा गर्दै अहिलेको प्रणाली कुनैपनि दलले बहुमत नल्याउँदा हङ्क पार्लियामेन्ट हुने, सँधै अस्थिरता निम्त्याई रहने, सँधै स्वार्थमा केन्द्रीत हुने खालको प्रबृतिकहरु देखिएको र त्यस खालका कार्यहरु भईरहेको ओलीले बताए । अहिले स्वार्थ केन्द्रीत भएकोले हङ्क पार्लियामेन्ट अन्त्य गर्नकालागि उदेश्य केन्द्रीत हुनु पर्ने बताए ।
अहिले भईरहेको प्रणालीमा शासकीय स्वरुपमा भन्दा ब्यवहारमा कमजोरी देखिएको छ। ‘बर्मा गयो बर्मसँगै नेपाल गयो कर्मसँगै‘ भनिएझैँ अहिले नै ब्यक्तिको ब्यवहार र आचरणले जुनससुकै शासकीय प्रणाली ल्याएपनि सफल नहुने ओलीको भनाई छ। तर शासकीय स्वरुप परिवर्तनको कुरा सबैको सल्लाहले गर्न सकिने ओलीको भनाई छ।
‘डेमोक्रेसीका बिभिन्न रुप छन्, त्यसमा शासकीय स्वरुप परिवर्तन गर्ने कुरा धेरै ठुलो कुरा हैन, ओलीले भने, शासकीय स्वरुप परिवर्तन गर्ने नगर्ने भन्ने कुरा विकास गर्ने या नगर्ने भन्ने कुरा हैन ।’ अहिलेकै शासकीय स्वरुपबाट पनि विकास गर्न सकिने ओलीको तर्क छ । अहिलेको यही शासकीय स्वरुप र प्रणालीले दिएका कुराहरुलाई प्रभावकारी कार्यान्वायनमा ध्यान नदिने अनी अहिलेको शासकीय प्रणालीले विकास गरेन भनेर भन्ने कुरा हुन नसक्ने ओलीको दाबी छ । अहिलेको नेपालको शासकीय प्रणालीको विकासक्रम बेलायतबाट भएकोले यसको जननी भनेको बेलायत भएपनि नेपालमा फरक रुपमा शासकीय स्वरुप अबलम्बन गरिएको उनले स्वीकार गरे ।
गठबन्धन खरानीको डल्लो मंसिर ४ पछि फुट्छ
मंसिर ४ पछि नेकपा माओवादी ५–७ सिटमा मात्र सिमित हुने बताएका छन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दैै ओलीले अहिलेको गठबन्धन मंसिर ४ सम्म मात्र रहने बताएका हुुन् । पत्रकारले मंसिर ४ पछि एमालेको सरकार बन्यो भने माओवादी शासकीय स्वरुप परिवर्तनको माग सहित सडकमा जाने होला त्यस्तो अबस्थामा एमालेले के गर्छ भनि सोधिएको प्रश्नमा ओलीले माओवादी सडकमा जाने अबस्था खासै नरहने बताएका हुन् ।
मंसिर ४ को निर्वाचन पछि माओवादी ५–७ सिटमा सिमित रहने भएकोले उनीहरु सडकमा जाने अबस्था नआउने टिप्पणी गरे । मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका ओलीले गठबन्धन नरहने बताए । ‘यो गठबन्धन मंसिर ४ पछि रहँदैन, ओलीले भने, खरानीको डल्लो जस्तै हो ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० बर्ष टिक्छ भनी दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै ओलीले हिजो छोरी बिकाउनको लागि १५ बर्ष भनेको र आज आफु बिक्नका लागि २० बर्ष भनेर हल्ला मात्र चलाईएको बताए ।
गठबन्धन २० बर्ष टिक्छ भन्ने जस्तो भाबुक कुरा केही हैन, ओलीले भने, नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी विकाउन १५ बर्ष भने, आज आफु बिक्न २० बर्ष भन्दैछन्, अरु कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाईलाई जिताउनको लागि लागि दिईने अभिब्यक्ति राष्ट्रिय राजनीतिको बिषय बन्दैनन् ।
सुमन








