मतदान गर्न पाउनु अधिकार मात्रै होइन, प्रतिनिधि छान्ने अवसर पनि हो : आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा कसैको डर, त्रास, धाक, धम्की वा प्रलोभनमा नपरी मतदान गर्नका लागि अनुरोध गरेका छन्  ।

सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनी समेत उनले दिएका छन्।

‘म आदरणीय मतदाताहरुमा विशेष अनुरोध गर्न चाहन्छु–निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरुले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनैपनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरुको अधिकार हो,’ थपलियाले भने, ‘मतदान गर्न पाउनु अधिकार मात्रै होइन। आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो।’

थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए। ‘मतदाताहरुलाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्नका निम्ति हामीले संविधान बमोजिम विभिन्न कानून तथा आयोगले विभिन्न निर्देशिकाहरु समेत जारी गरेको छ,’ थपलियाले भने, ‘यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा नपरी आफ्नो मतदान प्रयोग गर्नसक्ने, यदी कसैले त्यस्तो अवस्था सृजना गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको छ।’

मतपत्रको गोप्यता भंग हुँदा त्यस्ता व्यक्तिको सामाजिक जीवनसमेत अपm्ठ्यारोमा पर्नसक्ने खतरा हुने थपलियाले बताए।

‘निर्वाचन कुसर तथा सजाय ऐनले कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मत पत्र कसैलाई देखाउन, अरुले देख्नेगरी प्रदर्शन गर्न, गोप्य मत संकेत गर्ने ठाउँमा मत संकेत नगरेर अन्यत्रै गएर मतदान गर्न, बाहिर गएर मतदान गर्न र मत संकेत गरेको व्यहोरा कुनैपनि तरिकाले कसैलाई पनि भन्न र छाप लगाएको मतपत्र छ, त्यो आफैंसँग लिएर जान हुँदैन,’ थपलियाले भने, ‘तपाई कसलाई मतदान गर्नुहुन्छरु तपाई कुन चिन्हमा मतदान गर्नुहुन्छरु भन्ने जस्तो प्रश्न सोधि निजको गोपनियताको हकलाई जबरजस्ती वञ्चित गर्नेगरी कुनैपनि गतिविधि गर्नु हुँदैन। मतदान प्रक्रियाको गोप्यता भंग भयो भने त्यो मतपत्र मतमेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिन्हमा संकेत गरिएको थाहा भयो भने त्यो मत्र पत्रलाई मतपेटिकामा खसालिसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने, खसालि नसकेको भए मतदान अधिकृतले त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको व्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =