गठबन्धन उम्मेदवार उमेश श्रेष्ठको गाडीमा ढुंगा प्रहार

चितवन । चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उमेश श्रेष्ठको गाडीमा ढुंगा प्रहार भएको छ । श्रेष्ठ यही गाडीमा चढेर चुनाव प्रचारमा खटिन्थे ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले चुनाव प्रचार अभियानको क्रममा रोकिराखेको श्रेष्ठको बा ३ च २०४० नम्बरको गाडीमा ढुंगा प्रहार गरेकाे हो । गाडीको सिसा फुटेको छ।

प्रहरीले ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको जनाएको छ । भरतपुर–१० मा भएको चुनावी सभामा सहभागी भएका श्रेष्ठको पार्किङमा राखेको गाडीमा ढुंगा प्रहार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =