भक्तपुरमा आगलागीबाट युवतीको मृत्यु

काठमाडौँ । भक्तपुरमा आगलागीमा परी एक युवतीको मृत्यु भएको छ। बुधबार बिहान भएको आगलागीमा २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको हो।

भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार मध्यपुर ठिमी नगरपालिका ६ राइटोलमा आगलागी भएको थियो। तीन तले कच्ची घरमा अचानक आगलागी हुँदा घरभित्रै रहेकी अस्मिता मृत फेला परेकी हुन्।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित स्थानीय, भक्तपुरका २ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको छ।

आगो लागि हुँदा घर भित्रै रहेकी १४ वार्षीया नित्मा केसीलाई भने उद्दार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरेर कोरियन अस्पताल लगिएकी नित्मा उपचारपछि डिस्चार्ज भएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =