मेरो जितको मुख्य शक्ति नै एजेण्डा हो : डा भोजराज अधिकारी

चितवन । चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीले आफ्नो जितको शक्ति नै एजेण्डा भएको बताए । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार डा अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘हामी कसैलाई गाली गर्दैनौँ, कसैको आलोचना पनि गर्दैनौँ, हाम्रो जितको शक्ति नै हाम्रो एजेण्डा हो ।

उनले आफ्नो ६ वटा स (सेवा र सुशासन, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, स्वरोजगार, सडक सञ्जाल तथा भौतिक निर्माण) आफ्नो एजेण्डा भएको बताए । उनले भने, ‘विगतमा जसरी एकले अर्कालाई हिलो छ्यापेर चुनाव जितिन्छ भन्नेमा हामी छैनौँ, मतदाता सचेत छन् । भ्रममा पर्दैनन् । विकास गर्ने विज्ञता हासिल भएको राम्रा एजेण्डा लिएर आउने उम्मेदवारलाई जिताउँछन् भन्ने मलाई पूरा विश्वास छ ।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा नै डा भोजराजले उम्मेदवारी दिएका हुन् ।

यसैबीच चितवन ३ का स्वतन्त्र उम्मेदवार राजन सापकोटाले डा भोजराजलाई समर्थन गर्ने बताए । उनले भने, ‘मेरो उम्मेदवारी निस्किए गर्दै डा भोजराजलाई सघाउने निर्णय गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =