भूमिहीनले उमेश श्रेष्ठलाई भने- हाम्रो पुर्जा तपाईँले दिनुहुन्छ ?

चितवन । चितवन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठलाई भूमिहीनले पुर्जाको माग गरे । भरतपुरमा गरिएको घरदैलोमा भरतपुर ११ र १२ का भूमिहीनले उमेश श्रेष्ठलाई जग्गा धनी पुर्जा दिलाइदिन माग गरे ।
उनीहरूले विगत २३ वर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै उम्मेदवार श्रेष्ठलाई पुर्जा दिलाइदिन माग गरे । घरदैलो गर्ने क्रममा भूमिहीनहरूले आफूलाई जग्गाधनी पुर्जा मिलाइदिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका थिए ।
भरतपुर वडा नम्बर १२ का भूमिहीन वीरबहादुर तामाङले पुर्जा नपाएको आश्वासनमात्रै पाएको । ‘अहिले उमेश श्रेष्ठ घरदैलोमा आउनु भएको छ । पुर्जा दिने वचन पनि दिनुभएको छ, हेरौँ ? तामाङले भने । आफूहरूले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुँदा दोस्रो दर्जाको नागरिकको रूपमा बाँच्नु परेको भन्दै तामाङले दुखेसो पोखे ।
भूमिहीनका अगुवाहरूले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पुर्जा भएको बताएका थिए । अर्का भूमिहीन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुँदा दैनिक जीवनमा नै असर परेको बताउँछन् ।








