चुनावको दिन मनोरन्जन व्यवसाय बन्द, मदिरा नबेच्न कास्की प्रशासनको उर्दी

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका दिन मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न मनोरन्जनात्मक व्यवसाय सञ्चालनमा रोक लगाइएको हो ।

निर्वाचनमा अवान्छित गतिविधि रोक्नका लागि मंसिर १ गतेदेखि नै मदिरा विक्री वितरण गर्न नपाइने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गरेको छ । कतिपय जिल्लामा १५ दिन अगाडी देखि नै मदिराजन्य सामग्री विक्री नगर्न सूचना जारी गरिएको छ ।

कास्कीमा भने चुनावभन्दा ३ दिन अघि मात्रै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =