एमाले उम्मेदवार खड्काकाे क्षेत्र भैँसेपाटीमा ओलीकाे पदयात्रा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नागरिक समाजले ललितपुर–३ भैँसेपाटीमा आयोजना गरेको पदयात्रामा सहभागी भएका छन् ।

ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जनसहित नागरिक समाज र बुद्धिजीविको पदयात्रामा ओली सहभागी भएका हुन् । सो क्रममा अध्यक्ष ओलीले अब देश विकास गर्ने वागडोर युवाको हुनुपर्ने बताएका थिए । पदयात्राका क्रममा ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार खड्काले जनतको वास्तविक समस्यालाई बुझ्दै बिकासको योजनालाई अघि बढाउने बताए ।

त्यस्तै सो क्षेत्रका प्रदेश सभाका उम्मेदवार प्रेमभक्त महर्जनले आउँदो मंसिर ४ गतेपछि मुलुकमा एमालेको सरकार आउने दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =