मंसिर ४ र ५ गते सार्वजनिक विदा
२०७९ कार्तिक २९ गते

काठमाडौँ। मंसिर ४ र ५ गते सार्वजनिक विदा हुने भएको छ । आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।
मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह प्रवक्ता पोखरेलले जानकारी दिए । सरकारी कार्यालय र सार्वजनिक निकायहरु भने ४ र ५ गते बन्द हुनेछन् ।
२०७९ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








