रवीन्द्र मिश्रको घरदैलोमा मनीषा कोइराला

काठमाडौं । काठमाडौँ-१ मा राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो कार्यक्रममा अभिनेत्री मनीषा कोइराला सहभागी भएकी छन् । मनीषाले मिश्रको घरदैलोमा सहभागी भएर उनको पक्षमा मत मागेकी हुन् ।

उनी पछिल्लो समय राप्रपाका चुनावी सभाहरूमा पनि सहभागी भइरहेकी छन् । मनीषाले राप्रपाका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै अब राप्रपाको राजनीतिमा सक्रिय हुने सङ्केत पनि गरेकी छन् ।

काठमाडौँ-१ मा दोस्रो पटक उम्मेदवार बनेका मिश्र यसअघि ०७४ मा नेपाली काँग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =