जसपाको चितवन जिल्ला समिति माओवादी केन्द्रमा समाहित

चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रमे भुजेलसहित जिल्ला कमिटी नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित कार्यक्रममा जसपाको जिल्ला समिति र भातृ संगठनहरु माओवादी केन्द्रमा समाहित भएका हुन् । समाहित भएका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, पोलिटब्युरो सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गरेका थिए ।

समाहित हुनेमा जसपाका केन्द्रीय परिषद सदस्य लोकबहादुर गुरुङ, जिल्ला अध्यक्ष प्रेम भुजेल, प्रदेश सदस्य विमला मगर, भरतपुर महानगर अध्यक्ष मानस लामा, महिला अध्यक्ष सृजना श्रेष्ठ, विद्यार्थी अध्यक्ष अशोक गुरुङ, कोषाध्यक्ष मनोज पोखरेल, उपाध्यक्ष केशकुमारी गुरुङ, सहसचिव लक्ष्मी गुरुङ, युवा अध्यक्ष विक्रम गुरुङलगायत ५०० जना माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु सिवाकोटीले जानकारी दिए।
पार्टी समाहित कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रेम भुजेलले उत्पीडित, दलित, महिला र विपन्न नागरिकको हकहितमा लड्ने पार्टी नेकपा माओवादी केन्द्रमात्रै भएको जिकिर गरे ।

नेकपा माओवादी केन्द्रले गरेको १० वर्षे जनयुद्धको जगमा सबै उत्पीडितहरुले समान हक अधिकार प्राप्त गर्न सफल भएको उनको भनाई थियो ।

यसैबीच सोमबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सीमा घतान विकको नेतृत्वमा ५० जना कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =