दिनेश कोइरालालाई भोट माग्दै ओलीले भने– आहा नारायणी किनारमा ‘माछा’ !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्रबाट चितवन–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका दिनेश कोइरालालाई भोट भागेका छन् । नेकपा एमालेले यस क्षेत्रमा आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता लिएर दिनेश कोइरालासँग तालमेल गरेको हो ।

ओलीले कोइरालालाई भोट माग्दै भने– ‘आहा नारायणी किनारमा माछा । दिनेश कोइरालालाई अत्यधिक मतले जिताउनु होला ।’

कोइरालाले ‘माछा चुनाव चिन्ह पाएका छन् ।

उनले जगन्नाथ पौडेल, कृष्णभक्त पोखरेललाई समेत मत मागे । त्यस्तै, प्रदेशका उम्मेदवारहरुलाई पनि जिताउन उनले माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *