दुल्लुमा मंगलबार गठबन्धनको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने
२०७९ कार्तिक २८ गते

दैलेख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार दैलेखको दुल्लुमा हुने बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनले दैलेखको दुल्लुमा आयोजना गरेको चुनावी सभालाई कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका बेदुराम भुसाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बाम लोकतान्त्रिक गठबन्धन दैलेख क्षेत्र नं. २ चुनाव प्रचारप्रसार समितिले जानकारी दिएको छ ।
दैलेख क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा कांग्रेसका दिक्पाल शाही, प्रदेश सभा ‘क’ मा घनश्याम भण्डारी र प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका नेता योगेन्द्र शाही उम्मेदवार रहेका छन् ।
२०७९ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित









