गोरखामा एमालेकै कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

पोखरा । गोरखामा नेकपा एमालेकै कार्यकर्ताबीच कुटपिट भएको छ । च्याङलीको म्यागों रिर्सोटमा आइतबार राती भएको कुटपिटमा परी एमाले नेता हरि काफ्लेको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ७ वटा टाँका लगाएको गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेले बताए ।

स्राेतका अनुसार कुटपिट गर्ने समूह पनि एमालेकै हुन् । कुटपिटमा संलग्न भएको आरोपमा युवा संघका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँस्थित भानु ३ का रामप्रसाद सापकोटा र ब्यास ११ घर भई हाल ब्यास ३ बस्ने अजित पन्त पक्राउ परेका हुन् ।

गोरखा प्रहरीले दिएको जानकारी अुनसार उनीहरु सँगै बसेर खाना खाने क्रममा आपसी विवाद भएको थियो । एउटै टेबलमा बसेर रक्सी पिएका उनीहरुको भनाभन भएपछि बियरको बोतलले टाउकोमा हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घाइते भएका हरि एमाले प्रदेश कमिटी सदस्य हुन् । प्रहरीका अनुसार घटना भएको समयमा गोरखा २ का उम्मेदवार अब्दुस मियाँ समेत सोही होटलमा सुतिरहेका थिए । घटनामा दीपक तामाङ समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *