आफ्नै मामा हत्या गर्ने पाचकोटी पक्राउ

मोरङ । आफ्नै मामा पथरी शनिश्चरे नगरपालिका १ बस्ने ४२ वर्षीय काजी मोहराको धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका ८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =