घोडाघोडीमा अज्ञात समूहद्वारा गठबन्धनले प्रयोग गर्ने गाडी तोडफोड

काठमाडौँ । कैलालीको घोडाघोडीमा गठबन्धनले चुनाव प्रचारमा प्रयोग गर्ने गाडीमा तोडफोड गरिएको छ । निर्वाचन-३ प्रदेश सभा क्षेत्र ‘ख’मा सत्तारुढ-गठबन्धनका साझा उम्मेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो ।

आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डी गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको छ । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडि भागको सिसा फुटेको प्रहरीले जनाएको छ ।

आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँ घरमा गएकाको बेला रोकी राखेको गाडीमा पराजित मानसिकता भएका अराजक तत्त्वहरूले गाडीमा तोडफोड गरेको गठबन्धनका उम्मेदवारको आरोप छ । गाडी तोडफोड गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *