पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप उपाधि

काठमाडौं । पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले टी–२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इंग्ल्याण्डका तर्फबाट जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । ४५ रन हुँदा ३ विकेट गुमाएको इंग्ल्याण्डलाई उनले जितसम्म पुर्‍याएका हुन् । टोलीलाई जोस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *