रवि लामिछानेको प्रचार टोली चढेको गाडीमा ढुंगा प्रहार (भिडिओ)

काठमाडौँ । रवि लामिछानेको चुनावी प्रचार प्रसारमा प्रयोग भएको गाडीमाथि ढुंगा प्रहार भएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका र पार्टीका सभापतिसमेत रहेका लामिछानेको प्रचार प्रसार टोली चढेको गाडीमा ढुंगा प्रहार भएको हो ।
लामिछानेको घरदैलो कार्यक्रममा जम्काभेट भएका गठबन्धनका कार्यकर्तातर्फबाट ढुंगा प्रहार भएको र केहीबेर तनाबसमेत उत्पान्न भएको चितवन प्रहरीले बताएको छ ।
रवी लामिछानेले पनि गठबन्धनका कार्यकर्ताको तर्फबाट ढुंगा प्रहार भएको प्रतिक्रिया दिएका छन् ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेसहित गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन् ।
रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड, रवि भन्छन् यो गठबन्धनको कायरता हो pic.twitter.com/jysfc8tdCp
— Makalu Khabar (@makalukhabar) November 13, 2022








