सर्वोच्च ब्यायो, ५ वटा पाठा जन्मायाे : ओली (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले गठबन्धन जन्माएको आरोप लगाएका छन् । दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले सर्वोच्च अदालतकै आदेशमा अहिलेको पाँच दलीय गठबन्धनको सरकार बनेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

‘२०५१ सालमा कसैको पनि बहुमत थिएन,’ ओलीले भने, ‘सरकार चल्न नदिने अवस्था भयो । सरकार चल्ने भएन । देशले कुबाटो लिने भयो । त्यसो भएपछि प्रधानमन्त्री मनमोहन अधिकारीले ताजा जनादेशमा जान खोज्दा अदालतले मुद्दा हराइदियो र यस्तै कांग्रेसको जस्तै एउठा गठबन्धन जन्माइदियो । यस पटक पनि सर्वोच्च अदालत ब्यायो । ब्याउन पनि यसरी व्यायो कि ५/५ ओटा पाठा जन्मायो ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =