लौरो अभियानका उम्मेदवार घिमिरे द्वारा भक्तपुरमा एमालेका थापालाई समर्थन
२०७९ कार्तिक २६ गते

भक्तपुर । लौरो अभियानका प्रदेश उम्मेदवार उत्तर प्रसाद घिमिरेले एमालेका उम्मेदवार किरण थापालाई समर्थन गरेका छन् ।
शनिवार नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले सूर्य विनायक नगरपालिका वडा नं. ४ दधिकोटमा आयोजना गरेको घरदैलोका क्रममा लौरो अभियानका उम्मेदवार घिमिरेले एमाले उम्मेदवार थापालाई समर्थन गरेका हुन् ।
घिमिरेले थापालाई आफ्नो अभियानको लौरो जनतालाई साक्षी राख्दै थापालाई हस्तान्तरण गरे । हस्तातरण पछि घिमिरे एमालेको घरदैलो अभियानमा सहभागिता जनाई जनतासामु भोट माग्दै जनताको घरदैलोमा समेत पुगेका थिए ।
आफ्नो समर्थन एमाले उम्मेदवार थापालाई जनाउँदै लौरो अभियानका उम्मेदवार घिमिरेले आफू कुनै लोभ लालच, प्रभाव तथा दवापमा नपरी स्वतःस्फूर्त रूपमा आत्मा देखी नै समर्थन गरेको बताए ।
२०७९ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








