चितवनबाट प्रचण्डले भने : चितवन छाडेको होइन, साथीहरुको आग्रहपछि गोरखा गएको हुँ
२०७९ कार्तिक २६ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफू गोरखाका जनताको ऋणी भएको बताएका छन्। चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘म गोरखाको जनताको ऋणी छु। जवानीमा ३ वर्ष अध्यापन गरेँ, पञ्चायत विरुद्धको आन्दोलनको सबै काम मैले गोरखाबाट गरेँ,’अनि जनक्रान्तिको तयारी पनि गोरखाबाटै गरेको कारणले र गोरखाका सबै वुद्धिजीवि साथीहरुले आग्रह भएपछि र हामी गठबन्धनमा पनि चर्चा गरेपछि उता गएको हुँ। तर मैले चितवन छाडेको होइन।’
सत्ता गठबन्धनका तर्फबाट प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बनेका छन्।
२०७९ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








