बोल्न नसक्ने देउवाले केही गर्लान्? : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन्। डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘बोल्न पनि नसक्नेले केही गर्ला भन्दै कटाक्ष गरेका हुन्।

‘हामीले लिपुलेक, लिम्पियाधुरा ठाउँहरु नियन्त्रणमा लिएका थियौं। हामीले नक्सा बनायौं, छाप्यौं, संविधानमा समावेश गर्यौं,’ ओलीले दिपायलमा आयोजित चुनावी सभामा भने, ‘अस्ति दार्चुलामा मैले त्यो कुरा बोलेको भोलिपल्ट प्रधानमन्त्रीजी बहुत आक्रोशित हुनुभयो। किन बोलेको बोलेर हुन्छ भनेर। बोल्न पनि नसक्नेले केही गर्ला’

आफूले लिम्पियाधुरा, लिपुलेकबारे स्पष्ट धारणा प्रधानमन्त्रीसँग सोधेको पनि उनले बताए। ‘जो बोल्न सक्दैन त्यसले केही गर्ला, मैले उहाँहरुलाई सोधें तपाईंहरुको देष्टिकोण के हो?’ ओलीले भने, ‘तर उहाँहरुले भन्न सक्नुभएन्। उहाँ र प्रचण्ड सल्लाह गरेर केपी ओलीले एक्लै गरेको हो र संविधानमा संशोधन भन्नुभयो। मैले कहाँ एक्लै हुन्थ्यो, संसदका सबै सदस्यले सर्वसम्मतले गरेको हो। बाध्यता सबैलाई भयो। मैले एक्लै नाकाबन्दीको सामना गरेको होइन, नेपाली जनताले गरेको हो।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *