यस्ता छन् मुकुन्दश्याम गिरीका २० प्रतिवद्धता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार मुकुन्दश्याम गिरीले आफ्नो चुनावी संकल्पहरु सार्वजनिक गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवार गिरी चुनावी अभियानमा होमिएका छन् । यसो त उनी सुर्खेतमा लोकप्रिय छन् लाटिकोईलीको प्रधानपञ्च र २०६१ शालमा ९ महिना मात्र वीरेन्द्रनगरको मेयर हुदा गरेका बिभिन्न कामहरुले अहिले पनि जनताले उल्लेख्य सुबिधाहरु पाएका छन् । एकपटक सुर्खेत लगाएत कर्णालीको बिकासमा महत्त्पूर्ण कामहरु गर्ने उदेश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकमा उम्मेदवारी दिएको उनको भनाई छ ।

उनले भने सांसद भनेको निति बनाउने पद हो । एक सांसदले समाजको विकास हुने र नागरीकले सहज रुपमा गुणस्तरयि सेवा पाउने निति बानाउनुपर्छ तर हाम्रो राजनितिक संस्कार बिग्रदै जादा आज हाम्रा सांसदहरु बाटो मैले बनाए, विद्युत मैले ल्याए भन्ने जस्ता काममा अल्झिएका छन् र नागरीकमा पनि यस्तै बुझाईको विकास हुदै गएको छ । म सांसद भएको खण्डमा यो संस्कारको अन्त्य गरी समाजको विकास हुने र र नागरीकले सहज रुपमा सेवा पाउने निति बनाउने कार्यान्वयन गर्नेछु ।

मेरो रहर निःशुल्क शिक्षा र स्वास्थ्य जनताको अधिकार भन्ने नाराका साथ जनताको घरदैलोमा आएका उनले सुर्खेत र कर्णालीको बिकासका आधारहरु सहितको आफुनो योजना तथा संकल्कपहरु सार्वजनिक गरेका छन ।

यस्ता छन्, मुकुन्दश्याम गिरीका संकल्पहरु
१. सुर्खेत उपत्यका रिङरोड द्रुत निमार्ण
२. उपत्यका पिउने पानी व्यबस्थापन
३. उपत्यकाको तल्लो भागलाई योजनाबद्ध सहरीकरण र ढल निकास विद्युत तथा सडकको खाका निमार्ण
४. सुर्खेत जिल्लामा रहेका अस्थायी लाजपूर्जालाई स्थायी वितरणका लागि पहल
५. सुबिधा सम्पन्न एयरपोर्ट विसतारमा पहल
६. निःशुल्क स्वास्थ्य उपचारको राष्ट्रिय निति अनुसारको नमुना योजना लागु गर्ने
७. निःशुल्क शिक्षाका लागि सामुदायिक विद्यालयहरुमा गुणसतरीय नमुना पठनपाठनको व्यवस्थापन,
८. सुर्खेत पश्चिमको सडक बिस्तार तथा निमार्ण
९. सुर्खेत जिल्लाका पहाडि भु—भागमा स्वरोजगार कार्यक्रम अनुुसार पशुपालन व्यावसायको नमुना कार्यक्रम लागु
१०. सुर्खेतलाई प्राबिधिक उच्च शिक्षा अध्ययान केन्द्रको रुपमा विकास गर्न पहल गर्ने
११. बिभिन्न जातजाती गुरुङ, मगर, थारु, राजी लगायत समुदायहरुको भेषभूषा र संस्कृतीको सम्वर्धनका लागि सामुहिक संग्रालय स्थापना
१२. कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुको वस्तुस्थितीको अध्ययान गरी जनभावना अनुसार सेवा सुविधा उपलब्धताका लागि पहल गर्ने
१३. कर्णालीका संस्कृती, भेषभूषा, गित तथा बाजाहरुको संरक्षण तथा सम्वर्धनका लागि पहल गर्ने
१४. थारु जातीको थनुवा (मन्दिर) र संग्राहालय निमार्णमा पहल गर्ने
१५. सुर्खेत हुदै कर्णाली प्रदेशका पहाडि जिल्लाहरुमा विद्युत प्रसारण लाईन व्यवस्थापनका लागि पहल गर्ने
१६. सुर्खेतमा सुबिधा सम्पन्न खेलकुद मैदान तथा रंगशाला निमार्णका लागि पहल साथै खेलाडिहरुलाई सेवा सुबिधा उपलब्धताका लागि पहल गर्ने
१७. सुर्खेतका सबै मठ मन्दिर तथा गुम्बा लगायत धार्मिक स्थलहरुको जिर्णोद्धार तथा संचालनका लागि आवश्यक व्यवस्थापन गर्ने
१८. उपत्यका नगर विकासको गुरु योजना लागु गराउन पहल गर्ने
१९. सुर्खेत उपत्यकाबाट गोठिकाडा, धनिकाडा हुँदै कल्यानकाँध सडक निमार्णका लागि पहल गर्ने
२०. सुर्खेत उपत्यकाको नजिकमा रहेका वयलकाँडा तथा वीरेन्द्रनगरको १४ नम्बर वडामा रहेको पिउने पानीको समस्या समाधानमा जोड साथै पर्यटकिय स्थल निमार्णमा जोड

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *