मनीषा कोइराला लक्षित बाबुरामको टिप्पणी- गणतन्त्र उल्टिँदैन, समय बर्बाद नगरौँ

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बगेको खोलो फर्किँदैन भन्दै राजतन्त्र फेरी नआउने बताएका छन् । सामाजिक सञ्जालमा शनिबार बिहान टिप्पणी गर्दै डा. भट्टराईले जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन् ।

शुक्रबार राप्रपाको कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाको सम्बोधनतर्फ लक्षित गर्दै डा. भट्टराईले जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताउँदै यस्ता उडन्ते कुरालाई महत्त्व नदिन र समय र शक्ति बरबाद नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘बगेको खोलो फर्कँदैन ! ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ ! प्रकृति र समाज विकासको शाश्वत नियम यही हो । अतः जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन । यस्ता उडन्ते कुरालाई महत्त्व नदिऊँ!समय र शक्ति बरबाद नगरौँ !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *