मध्यरात ‘नाइट क्लब’ पुगेका ओली र्‍याप गीतमा युवासँग झुमे (तस्बिरहरू)

काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा एक नाइट क्लबमा पुगेका छन् । ओली गएराति ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेका हुन् ।

उनी ऱ्याप गीत सार्वजनिक गर्न आयोजित कार्यक्रमका लागि भनेर नाइट क्लब पुगेका हुन् । ओली त्यहाँ पुग्दा समर्थकले ‘केपी ओली हाइ हाई’ लगायतका नारा लगाएका थिए ।

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीतसमेत बजाउन लगाएका थिए । र, त्यहाँ रहेका ग्राहकहरू उनको नाममा बनेको गीतमा झुमेका थिए ।

तस्बिर : ओलीको सचिवालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *