राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौं । रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।  नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त रहेको थियो । रोहित कप्तान भए संगै सन्दीप लामिछानेको स्थान लिएका छन् ।

रोहितले केन्या टुरमा ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान रहेका थिए । रोहितले नेपालको यू-१९ उमेर समूहको कप्तानी समेत गरेका थिए ।

२१ टि २० आई र ४० लिष्ट ए खेल खेलेका रोहितले नेपालबाट २५ खेलमा ओडिआई तर्फ १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन् ।

नेपालले आउदो कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ ।

त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

साथै, संघले शुक्रबार नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर साहले पनि स्थान बनाएका छन् भने, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, भीम सार्की कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद, गुल्सन झा र आसिफ शेख टोलीमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *