तनहुँमा रडले हानेर युवककाे हत्या

पोखरा । तनहुँमा फलामको रडले हानेर एक युवककाे हत्या भएकाे छ ।

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ दुलेगौंडा वस्ने २४ वर्षका विरम आलेको रड प्रहारबाट मृत्यु भएको हो ।

रिमाल अटो केयरमासँगै काम गर्ने नविनकुमार चौधरीले पछाडीबाट रडले टाउकोमा हिर्काएको तनहुँ प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि पोखराको मनिपाल शिक्षण अस्पताल ल्याएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा संलग्न चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीका प्रबक्ता डीएसपी युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *