पोखरामा साँढेको आक्रमणबाट ३ जना घाइते, प्रहरीले समातेर गरिदियो बन्ध्याकरण

पोखरा । पोखरामा साँढेको आक्रमणबाट ३ जना घाइते भएका छन् ।

पोखरा १५ मा रहेको छाडा साँढे आक्रमण गरेर ३ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

साँढेलाई पक्राउ गरी नाक छेडिएको छ भने बन्ध्याकरण गरेर छोडिएको कास्की प्रहरीले जनाएको छ ।

उक्त साँढेलाई अहिले पोखरा महानगरले सञ्चालन गर्दै आएको कान्जी हाउसमा लगेर छोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *