एकै ठाउँ र समयमा उम्मेदवारका तीन कार्यक्रम

विराटनगर । प्रशासनका आदेश, निर्वाचन आयोगका निर्देशनहरु समेत उम्मेदवारहरुले टेर्न छाडेका छन् । पछिल्ला दुईदिन देखि निर्वाचन आचारसंहिताको चरम उल्लंघन भएको छ भनेँ एकै ठाँमा एकै समयमा तीनवटा कार्यक्रम समेत आयोजना भएको फेला परेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १७ रानी चोकमा एकैपटक तीनवटा कार्यक्रम आयोजना भए । रानी नाका नजिकै रहेको त्यो ठाउँमा तीन वटा उम्मेदवारले एकै ठाउँमा कायक्रमको आयोजना गरेका थिए । शुक्रबार दिउँसो करिब २ बजेदेखि नै कार्यक्रम गर्नेगरि पहिला देखिकै कार्यतालिका रहेको बताउँदै आएको अबस्थामा लोकतान्त्रीक वाम गठबन्धनको तर्फबाट सोही ठाउँमा पार्टी कार्यालय उद्घाटन कार्यक्रम राखेको थियो ।

उनीहरुको कार्यक्रमको तालिका दिउँसो २ बजेदेखि आधा घण्टाको फरकमा राखिएको त्यहीँ भएका एक प्रहरी अधिकृतले जानकारी दिए । दिउँसा २ बजेदेखि नै गर्ने भनिएपछि ३ बज्दासम्म पनि कोही उम्मेदवार पुगेका थिएनन् । करिब ३ बजेको समयमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल पुगेपछि कार्यक्रममा सहभागी स्थानीयले हुटिङ गर्न थाले । मण्डलको समर्थनमा नारा लाग्दै गर्दा त्यही ठाउँको उत्तर तर्फ सत्ता गठबन्धनको निर्वाचन सम्पर्क कार्यालय राखिएको ठाउँमा पनि गठबन्धनका उम्मेदवारको पक्षमा गित बजाउन थालियो । त्यहाँ बजाईएको गित र पक्षधरताको नाराका कारण मण्डलको कार्यक्रम प्रभावित हुँदै थियो ।

स्वतन्त्र उम्मेदवार बनेका मण्डलले आफु निर्वाचनमा उठ्नुको मुख्य कारण भनेको शिक्षा, स्वास्थ्य र नागरिकको जीवन स्तरको सुधारको लागि भएको बताए । बर्षौदेखि एउटै ब्यक्तिको रजगजका कारण क्षेत्र नम्बर ५ को विकास हुन नसकेको र स्वच्छ खानेपानी समेत यो क्षेत्रका नागरिकले उपभोग गर्न नपाएको भन्दै उनले आलोचना गरे । ‘राजनीति धेरै भयो अब विकास गर्नु पर्छ, उनले भने, अब नागरिकले दल भनेर बस्नु हुँदैन विकासको लहर ल्याउन सक्नु पर्छ ।’ अहिले जनता हरेक कुरामा ठगिएको बताउँद उनले आफ्नो खल्तीमा भएको बिजुलीको बिल निकालेर देखाउँदै भने, ‘हेर्नुस् यो बिजुलीको विलमा पनि मनपरी भएको छ, युनिटै पिच्छे नागरिक ठगिएका छन् ।’ उनले आफुले अहिले पनि आफ्नो निर्वाचन क्षेत्रका २ हजारलाई रोजगारी दिएको जानकारी दिँदै स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरेको भएपनि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

मण्डलले आफ्नो निर्वाचन एजेण्डा सुनाउँन थालेपछि त्यहाँ पुगे नेपाली कांग्रेसको क्षेत्र नम्बर ५् ९ख० का उम्मेदवार अमृत अर्याल । दोहोरो माईकको कारण दुबैको कार्यक्रम प्रभावित भईरहेको थियो । एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने अबस्थामा कार्यक्रम आयोजकहरु देखिन्थे । सत्ता गठबन्धनले भाषण गर्न थालेपछि मण्डलले आफु बोल्दा बोल्दै कुरा छोट्याएर घरदैलोमा लागे । गठबन्धनको यो निर्वाचन सम्पर्क कार्यलयको उद्घाटन गर्ने क्रममा पुगेका अर्यालले सम्पर्क कार्यालयको उद्घाटन गर्दै आफु बिरामी भएकोले धेरै बोल्न नसक्ने भएपनि भोट हालेर जिताउन आग्रह गरे । यी दुबै कार्यक्रम शुरु हुनु भन्दा पहिला नै त्यही स्थलमा गाडी रोकेर कार्यक्रम गर्न पर्खिएर बसेका अर्का स्वतन्त्र उम्मेदवार सलिम अन्सारीले गठबन्धनको कार्यक्रम सक्न नपाउँदै ठुलो आवाजमा आफ्नो पक्षमा मत हाल्न आग्रह गर्न थालिसकेका थिए । उनका समर्थकहरु अन्सारीको पक्षमा नारावाजी गर्न थालेपछि अन्सारीले भने ‘अब मेरो पालो आयो, सबैले डोजर चुनाव चिन्हमा मतदान गरिदिनु होला ।’

उनको यो कार्यक्रम शुरु भएपछि त्यहाँ आएका दुई उम्मेदवार आफ्नो बाटो लागे भनेँ दलका नेता कार्यकर्ता अन्सारीको भाषण सुन्दै थिए । करिब आधाघण्टाको बिचमा देखिएको यो देश्यले स्थानीयमा त्रासको अबस्था देखिन्थ्यो । एउटै प्रकृतिको कार्यक्रम एकै ठाउँमा राख्दा तनाव हुनसक्ने ठानेर प्रहरी तनावमा देखिन्थ्यो । सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी ब्यापक परिचालन गरिएको थियो । यस बरेमा ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले कार्यक्रम स्वीकृती नै नलिई आयोजना गरिएकोले जानकारी नभएको बताए । एकै ठाउँमा तीनवटा कार्यक्रम आयोजना भएको बारेमा उनले कुनै जानकारी नभएको बताए । यसरी कार्यक्रम गर्नुभन्दा पहिला स्वीकृती लिनु पर्नेमा कुनै स्वीकृती बेगर कार्यक्रम आयोजना गर्दा समस्या भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *