राजेन्द्र लिङ्देन र बीपी बाले सहकार्य गर्ने मौका पाउनुभएन, म यो अवसर म गुमाउन चाहान्न : मनिषा कोइराला

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले आफ्ना हजुरबुवा बीपी कोइरालालाई राजेन्द्र लिङ्देनले नबिर्सिएको बताएकी छन् ।

उनले राजसंस्था र दलहरू मिल्दा देश बन्छ भनेर ढिलामात्रै बुझेको टिप्पणी समेत गरिन् । उनले बीपी र तत्कालीन राजा महेन्द्रबीच राम्रो सम्बन्ध र एकअर्कामा आदर राख्ने गरेको बताइन् ।

उनले भनिन्, ‘अरूले बिर्सिए होलान् । तर, राजेन्द्र लिङ्देनजीले बीपी बालाई बिर्सिनुभएको छैन । बीपी बाको मेलमिलापको नीति, जुन उहाँले बताउनुभएको थियो । बीपी बाले धेरै बाटोबाट निस्किनुभयो, तर अन्त्यमा आएर उहाँले बुझ्नुभयो कि हाम्रो राजसंस्था र बहुदलीय व्यवस्था एउटै बाटोमा आउनुपर्छ, र त्यसले नेपाल सुदृढ हुन्छ भनेर ।’

‘धेरै पहिले बीपी बा र महेन्द्र सरकार एक अर्कामा आदर राख्नुहुन्थ्यो । तर उहाँहरूले कहिल्यै पनि सहकार्य गर्ने मौका पाउनुभएन । त्यतिखेर मुलुकले ठूलो अवसर गुमायो,’ काठमाडौंको बसन्तपुरमा राप्रपाले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले भनिन्, ‘अहिले त्यस्तै मौका अहिले तपाई हाम्रो ढोकामा आएको छ । अब यो मौकाले हामीले गुमाउनु हुँदैन ।’

उनले राजेन्द्र लिङ्देनको व्यक्तित्व र भाषणबाट प्रभावित भएर आफू राप्रपाको पक्षमा उभिएको स्पष्ट पारिन् । ‘म आज राजेन्द्र लिङ्देनजीको मुख हेरेर, उहाँको भाषण सुनेर यहाँ उभिएको छु । उहाँले भन्नुभएको थियो कि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुजस्तै हो । त्यो सुनेपछि मलाई लागेको थियो कि अब चाहिँ नेपालले साँच्चिकै असल नेता पायो भन्ने लाग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =