कांग्रेस प्रचण्डीकरण भयो, त्यो भएर म राजनीतिमा हामफाल्नु परेको छ : रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस प्रचण्डीकरणको दिशामा गइसकेको बताएका छन्।

काठमाडौंको वसन्तपुर डबलीमा शुक्रबार भएको राप्रपाको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका मिश्रले कांग्रेस बिग्रिएकै कारण आफूहरु जस्ता पेशा व्यवसायमा रहेका मानिस राजनीतिमा हामफाल्नु परेको बताएका छन्।

नेपाली कांग्रेस बीपीकरण र गणेशमानकरण हुनुपर्ने थियो। त प्रचण्डीकरण हुन पुग्योु, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै भने, ‘आज त्यहीकारण म जस्तो एउटा पेशामा लागेको मान्छे नेपालको राजनीतिको फोहोर पोखरीमा हाम फाल्नुपरेको छ।’

उनले बहुदलको ३३ वर्ष बितिसक्दा पनि देशको अवस्थामा कुनै परिवर्तन आउन नसकेको बताए।

बहुदल आयो भनिन्छ। तर जनताको अवस्था उस्तै छ। काठमाडौंकै सडकसमेत मोटरसाइकल छिर्न पनि नसक्ने छन्ु, उनले भने, पालका सारा संस्था बिगारिसकिएको छ। अब एउटा नेपाली सेना छ गिजोल्न। नेपाल असफलताको बाटोमा जाँदैछ।’

उनले न्यायालय र अदालत गिजोलेपछि देश असफल हुने बताए। न्यायालय त गिजोलिइसकेको छ। अब बाँकी नेपाली सेना छु, उनले भने, ‘नेपाली सेनालाई गिजोलिनबाट जोगाउन नसके देश असफल हुन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =