नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान आज टुंगो लाग्ने : दीपेन्द्र, ज्ञानेन्द्र र रोहितमा काे बन्ला ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान शुक्रबार टुंगो लाग्ने भएको छ । नेपाल क्रिकेट संघ क्यान का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुंगो लाग्ने बताए ।

नेपालले यूएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो । मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ । ‘साँझसम्म नयाँ कप्तानको नाम बाहिर आउनेछ’, उनले भने ।

बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो । त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो ।

ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो । पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै जना थिए । स्रोतका अनुसार यीमध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *