ओली भन्छन् : प्रचण्ड सकिन्छन्, कांग्रेसको सिंङ पुरानाे भयाे, जसपा राष्ट्रिय पार्टी बन्छ

‘लोसपाले बढीमा दुई सीट जित्ला’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले ढोडको वैशाखी टेकेर हिँडेको बताएका छन् । धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कांग्रेसले अहिले ढोडको वैशाखी टेकेर हिँडेको छ । गठबन्धनको नेतृत्व गरेको कांग्रेस एक्लै चुनाव लड्न र बहस गर्न आउँ । एक्ला-एक्लै लडौँ । देउवाजीलाई एक्लै लड्यो भने एमालेले सिध्याउँछ थाहा छ । कांग्रेसको अब सिंग पुरानो भइसक्यो अब काम छैन ।’

एमाले एक्लै भयो भनेर हल्ला चलाएपछि आफूले जसपा र राप्रपासँग सहकार्य गरेको ओलीले बताए ।

उनले भने, ‘विदेशी देख्नेवित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर हामीले जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेका छौँ । जसपा राष्ट्रिय पार्टी बन्छ । लोसपा पनि हामीतिरै थियो केही समय तर उसको दिन बिग्रेको रहेछ गठबन्धनतिर गयो । बढीमा एक-दुई सीट जित्ला ।’

उनले माधव नेपालको पार्टी पनि राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे । प्रचण्डलाई पहिल्यै एमाले सिध्याउने कुबुद्धिमा नलाग्ने आग्रह गरिसकेको समेत बताए । मुसोको कथा सुनाउँदै ओलीले प्रचण्ड आफैँ विस्तारै सकिँदै जाने जिकिर गरे ।

उनले भने, ‘मैले एकतापछि मेरो छेउमा ल्याएर राखेको थिए । तर, उनले मलाई नै सिध्याउन खोजे । पहिला हामी ३६ सीट जित्ने बनाएका थियौँ । अहिले कांग्रेससँग प्राथना गरेर ४६ सीटमा उम्मेदवारी दिएका प्रचण्ड आफैँ सकिन्छन् विस्तारै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =