हामीले केपी ओलीलाई ढाल्यौँ, अहिले बौलाएर हिँडेका छन् : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली बौलाएर हिँडेका टिप्पणी गरेका छन् । बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूले ओलीलाई टक्कर दिएपछि अहिले बौलाएर हिँडेका टिप्पणी गरेका हुन् ।

‘कसैले ढाल्न सक्दैन’ भन्ने ओलीलाई आफूले ढालेर देखाएको उनको भनाई छ । ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिँदै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन्,’ अध्यक्ष नेपालले भने, ‘त्यो सबै संग्रह निकाल्न पर्‍यो के-के बोल्यो सुरुदेखि अहिलेसम्म के-के गाली गलौजको भाषाहरू बोलेको छ । उनका कुराहरू भनेको आक्रोशले भरिएको छ ।’

उनले स्वार्थी मान्छेहरूले जनतालाई गफले अल्मलाएको बताए । ‘झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्त्वहरू हुन सक्छ,’ उनले भने, ‘जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाँजिएका हुन्छन् । केही-केही पार्टीहरू देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ ।’

अध्यक्ष नेपालले मार्क्सवादी-लेनिनवादले मात्र नेपालमा हित गर्न सक्ने बताए । ‘संघर्षबाट आत्तिएर डराएर पार्टी र जीवन निर्माण हुँदैन । विचारले विश्वास जगाउँछ, आँट ल्याउँछ,’ उनले भने, ‘इतिहासको निर्माणकर्ता जनता हो । जनतालाई गलत कुरामा आन्दोलित बनाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =