विश्वकप सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै, को पुग्ला फाइनलमा ?

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र ईङल्याण्डबीच खेल हुदै छ । अस्ट्रेलियाको एडिलेडमा हुने यस खेलको विजेताले उपाधिको लागि पाकिस्तानको सामना गर्ने छ । नेपाली समय अनुसार दिउसो १:४५ मा हुने छ ।

पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार न्यूजील्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारत समुह २ बाट शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्ड समुह १ बाट उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

समुह २ बाट भारत समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भारतले ५ खेलमा ८ अंक हासिल गरेको छ । त्यस्तै ५ खेलमा ६ अंक हासिल गर्दै समुहमा दोस्रो हुदै पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यस्तै ईङल्याण्डले समुह १ मा ५ खेलमा ७ अंकसहित नै ०.४७३ रनरेटका आधारमा आयोजक अस्ट्रेलियाभन्दा अगाडी रहदै समुहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको थियो ।

सेमिफाइनलअघि ईङल्याण्डका खेलाडी घाइते हुदा समस्यामा परेको छ । ईङल्याण्ड तिब्र गतिका बलर मार्क वूड र विस्फोटक ब्याट्सम्यान डेविड मलान घाइते भएपछि भारतविरुद्धको खेलमा खेल्न नसक्ने बताइएको छ ।

त्यस्तै भारतको टिममा पनि विकेटकिपर र स्पिनरको विषयमा ईङल्याण्डविरुद्ध कसलाई खेलाउने भन्नेमा स्पष्टता देखिएको छैन । शुरुका खेलमा दिनेश कार्तिकलाई विकेटकिपर ब्याट्सम्यानको रुपमा खेलाइएको भएपनि पछिल्लो खेलमा उनलाई आराम दिएर रिषव पन्तलाई खेलाइएको थियो । तर पन्त केवल ३ रन बनाएर आउट भएपनि उनी ईङल्याण्डविरुद्ध खेल्ने नखेल्ने स्पष्ट छैन । त्यस्तै स्पिनर आर आश्विनको ठाउमा युजवेन्द्र चहललाई खेलाउनु पर्ने विषयपनि उठेको छ ।

टी-२० विश्वकपको कुरा गर्दा भारतले २००७ मा भएको पहिलो विश्वकपको उपाधि जितेपछि एक पटक मात्र २०१४ मा फाइनलमा पुगेको थियो । सो विश्वकपमा श्रीलंकासँग ६ विकेटले पराजित हुदै उपविजेता बनेको थियो ।

त्यस्तै ईङल्याण्डले २०१० को टी-२० विश्वकप जितेको थियो भने २०१६ को विश्वकप फाइनलमा वेस्टइण्डिजसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *