दलहरुका लागि लोकतन्त्र आयो, जनतालाई आएन : मोहन बैद्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् ।
मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाललगाएत दलहरुले निकालेको विरोध र्यालीपछि काठमाडौँको शान्तिबाटीमा आयोजित कोणसभामा बैद्यले दलहरुले प्रतिगमनविरुद्ध लोकतन्त्र भने पनि सो लोकतन्त्र जनताका लागि नभएको बताएका हुन् ।
मुलुकका पटक पटक परिवर्तन भएपनि मजदुर किसान, महिला, जनताले त्यसको महशुस गर्न नसकेको उनले बताए । बैद्यले अहिले नेताहरुका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राखे ।
प्रतिक्रियावादी पूँजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद–वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने भन्दै उनीहरुले मंसिर ४ को निर्वाचन वहिस्कार र अवज्ञा गर्ने निर्णय गरेका हुन् ।









