विरोध खतिवडाकाे आग्रहपछि उनलाई दुर्व्यवहार गर्ने पुरुषोत्तम खड्का छुटे

काठमाडौँ । पूर्वमन्त्री एवम् मकवानपुर २ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडालार्ई दुर्व्यवहार गर्ने पुरुषोत्तम खड्का छुटेका छन् ।

खतिवडाले आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई छाडिदिन आग्रह गरेपछि मकवानपुर प्रहरीले आज छाडिदिएको उनको सचिवालयले जनाएको छ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा गएका बेला खड्काले थप्पड हानेको भन्ने समाचार आएको थियो । तर मकवानपुर गठबन्धनले हिजो बेलुका खतिवडालाई खड्काले थप्पड नहानेको विज्ञप्ति सार्वजनिक गरेको थियो ।

आज आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेदवार खतिवडाले  मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए।

खतिवडाको आग्रह बमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =