न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान टी २० विश्वकपको फाइनलमा

काठमाडौँ । पाकिस्तान १३ वर्षपछि आईसीसी टि–२० विश्वकपको फाइनलमा पुगेको छ। बुधबार न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो ।

पाकिस्तान २००९ पछि टि २० विश्वकपको फाइनलमा पुग्न सकेको थिएन। जितका लागि न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। पाकिस्तानका लागि दुवै ओपनरले अर्धशतक पुरा गरे ।

पहिलो विकेटका लागि ओपनर रिजवान र कप्तान बाबर अजामले उत्कृष्ठ साझेदारी गरे। कप्तान बाबर ५३ रनमा पवेलियन फर्के। रिजवानले ५७ रन बनाए ।

त्यसअघि अष्ट्रेलियाको सिड्नीमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेली मिचेल ५३ र जेम्स निसाम १६ रनमा नटआउट रहे। कप्तान केन ४६ रन बनाउँदा शहिन शा अफ्रिदीको बलमा बोल्ड आउट भए। ४२ बलको सामना गरेका केनले १ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे।

ओपनर फिन एलिन ४ रनमा सहिन शाह अफ्रिदीको बलमा एलबीडब्लु धरापमा परे। डिभोन कोनवे २१ रन बनाएर रनआउट भए। ग्लेन फिलीप ६ रनमा क्याच आउट भए ।

पाकिस्तानका सहिन शा अफ्रिदीले २ विकेट लिए भने मोहम्ममद नवाजले १ विकेट लिए । अब पाकिस्तानले उपाधिका लागि बिहिबार हुने भारत र इङल्याण्डको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *