मध्य बानेश्वरमा भोट माग्दै रवीन्द्र (तस्बिरहरू)

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् ।

मतदातासामु भोट माग्ने क्रमम उनी बुधबार राप्रपाका नेता कार्यकर्तासहित मध्यबानेश्वर क्षेत्रमा घरदैलाे गर्न व्यस्त रहे । ३ बजेपछि उनी यस क्षेत्रमा घरदैलो अभियानमा निस्केका हुन् । मिश्र गत ०७४ को संसदीय निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यतिबेला विवेकशील साझा बाट चुनाव लडेका मिश्र, काङ्ग्रेसका प्रकाशमान सिंहसँगै  झिनाे मतान्तर अर्थात् जम्मा ८१८ मतले पराजित भएका थिए ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *