ओलीलाई बडूले भने : हल्ला छाड्नुस्, तपाईंको सत्तामा जाने सपना सकियो

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्र बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्तामा जाने सपना सकिएको बताएका छन् । उनले ओलीले चुनाव लड्ने कुनै नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् ।

दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओली कम्पनीका सबैलाई विश्राम लिन आग्रह गरे। उनले आगामी चुनावपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरे ।

ओलीलाई चुनौती दिँदै भने, ‘तपाईँलाई राजनीति गर्ने कुनै नैतिक अधिकार छैन। अब बालकोटमै आफू र आफ्ना सेनाहरूलाई राख्नुस्। आफ्नो कम्पनीको आश्रम स्थल खोल्नुस्। बरु यहाँ अपि हिमालमा आएर हाम्रो आश्रममा ठाउँ दिन्छौँ।’

चुच्चे नक्साको विषयमा ओलीले हल्का बनाएको आरोप लगाए। ओली एक्लैले नभएर सबै दलको सहमतिमा चुन्ने नक्सा बनाएको बताए। सबैको साझा विषयलाई चुनावी नारा बनाएको बताए।
कूटनीतिक पहलबाट समस्या समाधान गर्न चाहेको बताए। ओलीको सत्तामा जाने सपना सकिएकाले हल्ला गरेको बताए।

ओलीले गत साता मात्रै दार्चुला पुगेर नेता बडूलाई चुनाव लड्न नआउन आग्रह गरेका थिए। बडूले केही काम नगरेकाले काठमाडौंमा आराम गर्न भनेका थिए।

उनले भने, ‘उहाँले मैले ल्याएको पुललाई आफूले बनाएको भन्नुभयो। मैले नै बनाएको मञ्चमा बसेर काम गरेर भन्नुभयो। त्यसैले म भन्छु तपाईँले राजनीतिक गर्ने नैतिक अधिकार गुमाइसक्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =