सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, घर भत्कँदा ६ जनाको मृत्यु

काठमाडाैँ । डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँको एक घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए । भूकम्पका कारण स्थानीय ठक्कर बोहराको घर भत्काउँदा ६ जनाको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी छ ।

अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए । मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । सुदूरपश्चिममा अहिले पनि पराकम्प गइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *