‘डबल काउन्टर’ दिन अध्यक्ष ओली फेरि सुदूरपश्चिम जाँदै

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिमका चुनावी सभामा जाने भएका छन् । सत्तारुढ गठबन्धनलाई डबल काउन्टर दिन अध्यक्ष ओली सुदूरपश्चिम जान लागेका हुन् ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी अभियान सुरु गरेका ओलीले बैतडी र कञ्चनपुरको सभामा सम्बोधन गरिसकेका छन् । दार्चुला पुगेर गुमेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई फिर्ता ल्याउने उद्घोष गरेका ओली फेरि २६ कार्तिकमा सुदूरपश्चिम जान लागेका हुन् ।

अध्यक्ष ओलीको दार्चुलाको सभालाई काउन्टर दिन सत्तारुढ गठबन्धनले कार्तिक २३ गते सोही जिल्लामा सभा आयोजना गरेको छ । दार्चुलाको गोकुलेश्वरमा वाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले अध्यक्ष ओलीको संवोधनलाई २३ कार्तिकमा काउन्टर गर्ने भएका छन् । दार्चुलामा नेकपा एमालेले चुनावी सभा गरेको केही दिनमै सत्तारुढ गठबन्धनले दार्चुलामै चुनावी सभा गरेर अध्यक्ष ओलीको संवोधनको काउन्टर दिन लागेको हो ।

दार्चुलाको सभामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संशोधन गर्ने छन् । गठबन्धनको २३ गते हुने चुनावी सभाको काउन्टर फेरि अध्यक्ष ओलीले सुदूरपश्चिम पुगेर दिने भएका छन् । २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानबाट अध्यक्ष ओलीको काउन्टर जवाफ हुनेछ ।

ओलीले २६ कात्तिकमा डोटीको दिपायल, कैलालीको अत्तरिया र अलम्कीमा चुनावी सभा गरेर गठबन्धनको काउन्टर गर्ने नेकपा एमाले सुदूरपश्चिमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *