गोलपोष्टको बार खसेर विद्यार्थीको मृत्यु

पोखरा । पोखरामा फुटबल पोष्टको बार खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरास्थित ज्योतिकुञ्ज स्कुलमा अध्ययनरत १४ वर्षीय विद्यार्थी रोहित थापाको खेल्ने क्रममा गोल पोष्टको बार खसेर मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनलाई उपचारका लागि तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । बारमा झुण्डिएर उनले चिन अप गर्दै गरेका थिए । एक्कासि उक्त बार खसेर टाउकोमा लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =